
इलाम, ९ पुस । इलामको माई नगरपालिका–५ दाहालटारका ४८ बर्षीय राम बहादुर शंकरले आफुले आफ्नै घाँटी रेटेर आत्महत्या गरेका छन् ।
आज बिहान साँढे ६ बजे शंकरले आफूले आफ्नै घाँटी रेटी आत्महत्या गरेको भन्ने खबर प्राप्त भएसंगै प्रहरी चौकी दानावारीबाट खटिएको प्रहरी टोलीले शंकरलाई मृत अवस्थामा फेला पारेको थियो ।
उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय ईलामबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

