
तेह्रथुम, ९ पुस । तेह्रथुमको छथर गाउँपालिका-६ का ५० बर्षीय लिलम लम्जेल छथर गाउँपालिका-५ को बाटोमा मृत फेला परेका छन् ।
मंगलवार घरबाट शुक्रवारे बजार तर्फ हिडेका लम्जेल आज बिहान साँढे ८ बजे छथर गाउँपालिका-५ को सुदाप जाने बाटोमा मृत फेला परेका हुन् ।
शुक्रवारे बजारमा अत्याधिक मादक पदार्थ सेवन गरेर घर तर्फ हिडेका लम्जेल बाटोमा नै सुतेको र चिसोका कारण मृत्यु भएको हुन सक्ने स्थानीयवासीहरुले बताएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । सो सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

