
ताप्लेजुङ, ११ पुस । ताप्लेजुङको श्रीजंगा गाउँपालिका–२ हपुखोला बस्ने ५० बर्षीय पदम माया खड्काको रुखले किचेर मृत्यु भएको छ ।
बिहीबार दिउँसो पौने ४ बजेको समयमा व्ऋद्य ले हपुखोला तेल्लोक जोड्ने सडक खन्ने क्रममा बडहरको रुख ढली सोही स्थानमा भएकी खड्कालाई लाग्दा निजको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
घटनास्थलमा ईलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

