
झापा, ११ पुस । मेची–महाकाली विद्युतीय रेल मार्ग अन्तर्गत निजगढ–बर्दिबास खण्डमा ट्र्याक निर्माण कार्यका लागि सरकारले रौतहटमा अधिग्रहण गरेको जग्गाको मुआब्जा वितरण सुरु गरेको छ ।
रेल तथा मेट्रो विकास आयोजना सिमरा बर्दिबास खण्ड साइट कार्यालय बर्दिबासबाट मुआब्जा दिन सुरु गरेको हो । जिल्ला प्रशासन कार्यालय रौतहटले दिएको जानकारीअनुसार रेल मार्गमा पर्ने जिल्लाको ५० बिघा अर्थात ३३० कित्ताभन्दा बढी जग्गा अधिग्रहण गरिएको छ ।
जसमध्ये प्रक्रिया पूरा भएका जग्गाधनीलाई मुआब्जाबापतको रकम साइट कार्यालय बर्दिबासबाट वितरण सुरु भइसकेको छ । आजको गोरखापत्र दैनिकमा खबर छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

