
झापा, ११ पुस । राजस्व चुहावट नियन्त्रणका लागि सुराकीका नाममा हुने विकृति अन्त्य गर्न सुराकीका नाममा हुने विकृति अन्त्य गर्न सुराकीको रकम अधिकतम २५ लाखसम्म रहने सरकारले बताएको छ ।
राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण (पहिलो संसोधन) विद्येयकमार्फत सुराकी गरेबापत दिइने रकम २५ लाख रुपैयाँभन्दा माथि नहुनेगरी राखिएको अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् । सरकारी कर्मचारी र सुरक्षाकर्मीले आफ्नै परिवारका सदस्यलाई सुराकीका रुपमा प्रयोग गर्ने क्रम बढेकाले सरकारले यसमा कडाइ गर्न लागेको हो ।
राष्ट्रिय सभाको बिहिबारको बैठकमा खतिवडाले सुराकीलाई पेशा नै बताउने काम भएको भन्दै त्यसलाई रोक्न रकम नै तोकिएको जानकारी दिए । आजको आर्थिक अभियानमा खबर छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

