
मोरङ, १२ पुस । मोरङ ग्रामथान गाँउपालिका–४ बस्ने पारस सरदारको बारीमा रहेको गोठमा अचानक आगलागी हुदा ७५ बर्षीय रामबहादुर सार्कीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
हिजो बेलुका सँबा ७ बजे फुसको छाँनो भएको गोठमा आगलागी हुदा सरदारको खेतबारी हेरचाह गर्न उदयपुर घर भई सोही गोठमा बस्दै आएका सार्कीको आगोले जलेर मृत्यु भएको सोही कार्यालयले जनाएको हो ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

