
पाँचथर, १२ पुस । पाँचथर फिदिम नगरपालिका-२ साम्दिन बस्ने ४३ बर्षीय विष्णु लिम्वुको स्कुटी दुर्घटनाबाट मृत्यु भएको छ।
हिजो राती साँढे ८ बजे फिदिम वुद्धमार्ग स्थित भित्रि पक्की सडक खण्डमा वुद्धमार्गबाट साम्दिन तर्फ जादै गरेको ३ चक्के अनटेस्ट स्कुटी आफै अनियन्त्रित भई सडकको वाँया साईट नालिमा पल्टन जादा स्कुटी चालक लिम्बु गम्भिर घाईते भएकोमा स्थानिय अस्पतालमा उपचार गर्ने क्रममा उनको राती पउने १० बे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। मृतक लिम्बु (अपाङग व्यक्ती) रहेको खुल्न आएको छ।
यसैबीच, पाँचथर तुम्वेवा गाँउपालिका–५ निगाले बस्ने ७५ बर्षीय अटलसिंह राईको लडेर मृत्यु भएको छ।
हिजो दिउँसो साँढे ४ बजे आफ्नै बारीमा घाँस काटने क्रममा कान्लाबाट अन्दाजी १० फिट तल खसि लड्दा राईको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

