
इटहरी, १४ पुस । आफ्नै अनुयायीमाथि ब ला त्कार गरेको आ रोपमा प्रहरी हि रा सतमा रहेका सिद्धबाबा भनिने कृष्णदास गिरीले अन्य महिलाहरुलाई पनि मध्यरातमा म्यासेज पठाउने गरेको तथ्य फेला परेकोछ । सिद्धबाबाले प्रयोग गर्ने ९८५२०२५८८५ नम्बरबाट अन्य नम्बरमा यौ न बिषयसँग सम्बन्धित म्यासेज गर्ने गरेको भेटीएको हो ।
प्रहरीले तयार पारेको अनुसन्धान प्रतिवेदन (सिडिआर रिपोर्ट)मा यस्तो प्रकृतीका म्यासेजहरु भेटीएका उल्लेख छ । प्रहरी र सरकारी वकिलले पेस गरेको उक्त फाइलमाथि नै जिल्ला अदालत सुनसरीको १ नम्बर बेन्चमा बहस जारी छ ।
गिरीलाई उ जुरी दिनेभन्दा फरक चतरास्थित आश्रमका अन्य युवतीहरुलाई ‘यौ न प्रस्ताव’ राख्ने गरेको तथ्य फेला परेको हो । उनले बोक्ने नम्बरबाटै आश्रमभित्रै रहेका केहीलाई म्यासेज गरी सु त्नसमेत बोलाइएकाे छ ।
गिरीले आश्रममा आउने र बस्ने अन्य महिलालाई पनि मध्यरातमा म्यासेज पठाउने गरेको म्यासेजको विवरण पनि अदालतमा पेस भएको छ । १८ र १९ अक्टोबर २०१९ मा सिद्धबाबाले आश्रममा बस्दै आएकी एक महिला अनुयायीलाई पठाएको म्यासेजमा ‘नानु आउ नुःनु गरौन, नानी काली भुण्टी आउ नुःनु गरौं’ लेखिएकोछ । प्रहरीको अ भि योग पत्रमा पशुपत सिद्ध नामको फेसबुक आइडीमार्फत् ती महिलालाई म्यासेज गरेको भेटीएको हो । ‘यु आर स्वीट हाहा…’ जस्ता म्यासेज स्वयम् गिरीले गरेका छन् ।
ती महिलाले गुरुलाई भेट्न खोजेको र राति साढे ११ बजे कोठामा बोलाएकाे पनि उल्लेख छ । गिरीले ‘मैले मौका दिएको बेला किन चुप?’ भन्ने म्यासेज पठाएका थिए । त्यसपछी ती महिला गिरीको आश्रमको ढोका सम्म पुगिन् । त्यहीं बेला गिरीले उनलाई ढोकाभित्र लगेका हुन् ।
ढोग्दा धेरै आवज ननिकाली ढोग भन्दै गिरीले महिलाको टाउको र घाँटीमा हात लगे । हात हटाउन खोज्दा धेरैपछि ठाकुरजीको सेवा गर्न पाएकी छेस् भन्दै झा पड हानेर ज ब रज स्ती उचाली सोफामा लगी क रणी गरेको र कसैलाई भने अनिष्ट हुुन्छ भन्दै ध म्की दिएको अ भि योग पत्रमा उल्लेख छ ।
सिद्धबाबाले पठाएका म्यासेज –


अभियोगपत्र –


झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

