
झापा, १५ पुस । भोजपुरको षडानन्द नगरपालिका–१० खोट डाँडामा बलेरो पल्टदा १ जनाको मृत्यु भएको छ ।
सोमबार अपरान्ह पौने ५ बजेको समयमा खोट डाँडाबाट धरान तर्फ सुन्तला बोकेर आउँदै गरेको को २ च १७९२ नम्बरको बोलेरो आफै अनियन्त्रीत भई बाटो देखि करिव १५ मिटर तल खसेर दुर्घटना हुँदा बलेरो चालक धरान उप(महानगरपालिका(१६ का २७ बर्षीय फुर्वा तामाङ घाईते भएका थिए ।
घाइतेलाई उपचारको लागि मनकामना अस्पताल तुम्लिङटार लगिएकोमा उपचारको क्रममा राती साँढे १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
त्यस्तै, सुनसरीको बर्जु गाउँपालिका–१ का २६ बर्षीय जय राम मेहेताको मोटरसाईकल दुर्घटनामा परी मृत्यु भएको छ ।
सोमवार राती साँढे ८ बजेको समयमा चिमडीबाट शुक्रवारे तर्फ जाँदै गरेको को ११ प ८८७६३ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालकको उपचारको क्रममा बिराटनगरको गोल्डेन अस्पतालमा राती पौने ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

