
तेह्रथुम, १५ पुस । तेह्रथुमको छथर गाउँपालिका-१ का ७२ बर्षीय नर बहादुर लिम्बुको घर बनाउने क्रममा घरको १ तला माथीबाट लडेर मृत्यु भएको छ ।
सोमवार बिहान ८ बजे आफ्नै घर बनाउने क्रममा घरको १ तलामाथीबाट लडेर घाईते भएका लिम्बुलाई उपचारको लागी बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा पठाईएको थियो । लिम्बुको उपचारमा संग्लग्न चिकित्सकले निजको उपचार हुन असम्भव रहेको भनी जानकारी गराएसंगै लिम्बुलाई घर तर्फ लैजाने क्रममा बाटोमा नै राती साँढे १० बजे मृत्यु भएको थियो ।
मृतकको शव परिक्षणको लागि जिल्ला अस्पताल धनकुटामा राखिएको छ भने अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

