
काठमाडौं, १९ पुस । सार्वजनिक पदको दुरुपयोग गरी करोडौँ रुपैयाँ आर्जन गरेको निजामती, प्रहरीलगायत उच्च पदस्थ राष्ट्रसेवकहरु धमाधम अकूत सम्पत्ति छानबिनमा तानिन थालेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ महिनायता झन्डै १ सय ४० जना राष्ट्रसेवक कर्मचारीमाथि अकूत सम्पत्तिमा छानबिन थालेकोमा २० जनाविरुद्ध करोडौँ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरिसकेको छ ।
अख्तियारका अनुसार पछिल्लो ६ महिनामा विभिन्न क्षेत्रमा अनियमितता गर्ने २ सय जनाविरुद्ध मुद्दा दायर गरिएको छ । अख्तियारको स्टिङ अप्रेसनमार्फत पनि घुस लिँदालिँदै रंगेहात पक्राउ गरी मुद्दा दायर गर्नेक्रम बढाएको छ । आजको राजधानी दैनिकमा खबर छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

