
काठमाडौं, २१ पुस । नेपालको छिमेकी देश भारतमा नयाँ ट्राफिक नियम लागू भएपछि पत्त्याउनै नसकिने किसिमका ट्राफिक जरिवानाहरु भएको समाचार सुन्दै आइरहेका छौं । अब नेपालमा पनि त्यस्तै किसिमका समाचार बन्न नसक्लान भनेर ढुक्क हुने र सवारी जथाभावी चलाउने दिन गएका छन् ।
हालै जारी भएको नयाँ ट्राफिकसम्बन्धी नियममा सवारी नियम मिच्नेलाई न्युनतम ५०० र अधिकतम पाँच हजार रुपैयाँ जरिवाना गराउने प्रावधान छ । त्यति मात्र होइन सरकारले अब न्युनतम दुई हजार र अधिकतम एक लाख रुपैयाँसम्म पुर्याउने तयारी गरेको छ ।
यातायात व्यवस्था विभागले यातायात व्यवस्था ऐनलाई परिमार्जिन गर्दै सवारी नियम उल्लंघन गर्नेलाई एक लाख रुपैयाँसम्म जरिवाना गराउने तयारी गरेको आजको राजधानी दैनिकमा खबर छ ।
सरकारले सवारी नियम उल्लंघनका घटनामा कमी गराउन भन्दै नियम उल्लंघन गर्नेलाई एक लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था गर्ने तयारी गरेको उल्लेख गरेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

