
इलाम, २१ पुस । इलामको सुर्योदय नगरपालिका–१२ आठघरेमा दाजु भाइ बीच झगडा तथा कुटपिट हुँदा १ जनाको मृत्यु भएको छ ।
आइतबार राति स्थानीय ४६ वर्षीय हर्क बहादुर रसाइली र ४८ बर्षीय राम बहादुर रसाइली बीच मादक पदार्थ सेवन गरी झैझगडा भई दाजुले भाइलाई कुटपीट गर्दा ४६ वर्षीय हर्कबहादुर रसाईलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय पशुपतीनगरले जनाएको छ ।
घटनास्थलमा उक्त कार्यालयबाट प्रहरी टोली खटिइ कानूनी प्रकृया पुरा गरी थप अनुसन्धान भइरहेको छ भने हत्यामा संग्लग्न तत्काल फरार रहेकोले खोजतलास भइरहेको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

