
ओखलढुङ्गा, २२ पुस । ओखलढुङगाको सुनकोशी गाउँपालिका–३ स्थित सिस्नेरीमा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
सोमबार राती साढे १० बजेको समयमा बा ६५ प ७४७३ नम्बरको मोटरसाईकलमा भञ्ज्याङबाट सुनकोशी बल्खु तर्फ जाने क्रममा स्थानीय ४५ बर्षिय शेरबहादुर मगरको मृत्यु भएको हो । मोटरसाईकल अनियन्त्रित भई बाटोबाट अंदाजी ३०० मिटर तल खसेर दुर्घटना हुदा उनको घटनास्थलमै मृत्यु भएको हो ।
घटनाबारेमा जनाकारी पाउनासाथ प्रहरी चौकी हर्कपुरबाट खटिएको प्रहरीको टोलीले घटनास्थल सुरक्षित राखेको थियो भने थप अनुसन्धान तथा कानूनी प्रक्रियाको लागी जिल्ला प्रहरी कार्यालय ओखलढुङगाबाट प्रहरीको टोली खटिएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

