
तेहराइन, २३ पुस । इरानमा भएको विमान दुर्घटनामा विमानमा १८० जना सवार सबै जनाको मृत्यु भएको छ।
इरानको सरकारी टेलिभिजनलाई उद्धृत गर्दै अन्तराष्ट्रिय सञ्चार माध्यमहरुमा आएका खबरअनुसार चालक दलका सदस्य सहित सवार १८० जना यात्रुको मृ’त्यु भएको हो ।
तेहरानबाट युक्रेन उडेको इंटरनेशनल एयरलाइन फ्लाइटको बोइङ ७३७–८०० जेट इरानी राजधानी तेहरानको दक्षिण–पश्चिममा पर्ने पारान क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो । विमान तेहराइनस्थित विमानस्थलबाट युक्रेनको किभस्थित बोर्यस्पिल विमानस्थलका लागि उडेको केही क्षणमै दु’र्घट’नामा परेको हो। एजेन्सी
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

