
भद्रपुर, २३ पुस । झापाको मेचीनगर–१ मा दलित समुदायका बाबुछोरा नै मिर्गौला फेल भएर डाइलासिस गराइरहेका छन् ।
घरमै परम्परागत आरन चलाउने ६३ वर्षीय पूर्णबहादुर विक र उनका जेठा छोरा ३८ वर्षीय दलबहादुरको दुवै मिर्गौला फे’ल भएको नोबेल मेडिकल हस्पिटल विराटनगरले पुष्टि गरेको छ ।
हाल बाबुछोरा नै विराटनगरमा डेरामा बसेर सातामा दुई पटक डाइलासिस उपचार गराइरहेका छन् । चिकित्सकले दुवै जनाको मिर्गौला प्रत्यारोपण गरिनुपर्ने सल्लाह दिएको पूर्णबहादुरका माहिला छोरा कमलले बताउनुभयो । पूर्णबहादुरलाई पाँच वर्षअघि मिर्गौलामा सम’स्या देखापरेको थियो भने वैदेशिक रोजगारीबाट फर्केका दलबहादुरको दुवै मिर्गौला फे’ल भएको छ महिना अघि मात्र थाहा भएको थियो ।
मेचीनगर नगरपालिकाका कार्यपालिका सदस्य टीकाराम मग्रातीले आर्थिक अवस्था दयनीय भएको हुँदा बाबुछोराकै उपचारका लागि सहयोग समिति बनाएर अर्थिसङ्कलन शुरु गरिएको जानकारी दिनुभएको छ ।
अर्थसङ्कलनका लागि स्थानीय धनबहादुर सेन्च्युरीको संयोजकत्वमा पूर्णबहादुर र दलबहादुर विक बचाउ अभियान गठन गरिएको छ । झापाको भद्रपुर, विर्तामोड र दमकमा डाइलासिस सेवा उपलब्ध भए पनि बिरामीको अत्यधिक भीड भएकोले विराटनगरमा लैजानु परेको मग्रातीले बताउनुभयो । रासस
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

