
बुद्धराज वाग्ले
आज बिहानै उठेँ, वेडको लुगा मिलाएर, हात मुख धोएँ । ब्रस गरेँ । ममले चिया पकाउनु भएको रहेछ । मैले त्यो चियाको कप टप्प टिप्ने आँट गरिन । मम कप त धुनु भयो नि ? मैले सोधेँ । मामले भन्नुभयो, ‘तेरो लागि भनेर १० चोटि पखालेको ।’ अनि ढुक्क लाग्यो र चिया पिएँ ।
हुन त मेरी मामलाई सरसफाईमा कसैले जित्न सक्दैन । अझै जबदेखि त कोरोनाको समाचार आउन थाल्यो, माम भान्सामा नै हराउन थाल्नुभयो । घरकै सरसफाईमा दिन बिताउन थाल्नुभयो । अहिले मामलाई टिभी हेरेर बस्ने पनि फुर्सद छैन ।
कहिले कता पुछ्ने त कहिले कता बढार्ने । मैले मामलाई झाडु लगाउँदा चाहिँ माक्स लगाउनु है भनेको छु । किन कि धुलोमा किटाणु हुन्छ र रूघा लाग्न सक्छ । यो समय हामीले रूघाखोकीबाट जोगिनुपर्छ । किनकि बिरामी मान्छेलाई कोरोनाले एकदमै छिटो आक्रमण गर्छ ।
यत्तिकैमा छिमेकी भाउजु आइपुग्नु भयो । मैले सोधिहाले भाउजु लकडाउन छ, हजुरलाइ कोरोना भनेको थाहा छ ? यसरी के कामले हिँड्नु भयो ? भाउजु सरासर सिकुवामै आएर मुडामा बस्नुभयो । म अलिक पर सरेँ ।
ओहो ! बाबु के सारो डराएको हो ? तेस्तो कोरोना सोरोना हामलाई लाग्दैन । म त काकीलाई भेट्न आको नभेटेको धेरै भयो, अचेल आउन पनि छोड्नु भयो त, कि छोराले नहिँड्नु भन्या’छ ? भाउजुले मामतिर हेर्दै सोध्नुभयो ।
मलाई बोल्नै मन लागेन । ममले नै जवाफ दिनुभयो, ‘समय खराब छ नानी यसलाई यति हलुका नसोच । यो समय आफ्नै घरभित्र बस्ने समय हो । साह्रो गारो पर्दा छदै छौ नि हामी ! यसरी बिनाकाम नहिड है । भोलि तलमाथि भयो भने कसलाई दोष दिने, यो रोगको न त कुनै औषधी छ न त उपचार । मान्छे मरेका मरेकै छन ।’
भाउजुले जवाफ दिनुभयो, ‘खै ? बुढाबुढी मात्र मरेका छन् रे ।’ भाउजु बाटो लागिन् । लौ मम कोठाभित्र मात्रै बस्ने बेलाभयो । मान्छेले थाहा नै नपाइ कति बेला, कोबाट र कहाँ रोग सर्छ भन्ने । मैले उठेर मुडालाई सरफ पानी खनाएर घाममा सुकाएँ ।
(यो लेख कसैको जीवनसँग मेल खाएमा संयोग मात्र हुनेछ– लेखक वाग्ले)
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


