
काठमाडौं, १० बैशाख । सोमबार थप ३ जना नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएसँगै कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या बढेर २४ पुगेको छ ।
कुवेतको स्वास्थ्यले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार अनुसार ३ नेपालीसहित ८० जना नयाँ संक्रामित फेला परेका हुन् । योसँगै कुवेतमा कोरोना संक्रमित विरामीको संख्या १९ सय ५५ पुगेको छ । तीमध्ये ९ जनाको ज्यान गएको छ, भने ३ सय ६७ जना उपचारपछि पूर्णरुपमा निको भएका छन् । त्यस्तै ३९ जनाको गम्भिर अवस्थामा उपचार भैरहेको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


