
कुवेत, १४ बैशाख । कुवेतमा शनिबार थप ६ जना नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । योसँगै कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या ४२ पुगेको छ ।
कुवेतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अनुसार ६ नेपालीसहित २ सय ७८ जना नयाँ संक्रामित फेला परेका हुन् । योसँगै कुवेतमा कोरोना संक्रमित विरामीको संख्या २८ सय ९२ पुगेको छ ।
तीमध्ये १९ जनाको ज्या’न गएको छ, भने ६ सय ५६ जना उपचारपछि पूर्णरुपमा निको भएका छन् । त्यस्तै ५८ जनाको ग’म्भिर अवस्थामा उपचार भैरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । सबै सङ्क्रमित नेपालीको उपचार भइरहेको र कुवेतले आफ्ना नागरिक सरह नै सेवा दिइरहेको कुवेतस्थित नेपाली दूताबासले जनाएको छ ।
जंगली तथा घरपालुवा पशुपंक्षीसँगको असुरक्षित सम्पर्कबाट टाढा रहन, आफू बिरामी परेको बेलामा घरमा छुट्टै कोठामा बस्न तथा ज्वरो, रूघा, खोकी वा श्वासप्रश्वासमा समस्या देखिए २४९७०९६७ नम्बरमा सम्पर्क गर्न र आफ्नो अवस्थाबारे जानकारी गराउन दूताबासले अनुरोध गरेको छ साथै कुवेत सरकारले जारी गर्ने स्वास्थ्य सम्बन्धी निर्देशनहरु पालना गर्न कुवेतस्थित नेपाली दूतावासले अनुरोध गरेको छ । एजेन्सी
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

