
आज विश्व क्षयरोग दिवस । “हो हामी क्षयरोग अन्त्य गर्छौ राष्ट्रिय अभियान हाम्रो योगदान” भन्ने नारासहित आज यो दिवस मनाईदै छ ।
यस दिवसको मुख्य उद्देश्य नेपाली समाजमा रहेको क्षयरोग ९टीबी०बारेमा सचेतना फैलाउनु र क्षयरोग मुक्त समाजको निर्माणमा सहयोग गर्नु हो ।
क्षयरोग अझै पनि विश्वभर र नेपालमा प्रमुख स्वास्थ्य चुनौतीको रूपमा रहिरहे पनि धेरै मानिसहरु यसबारे गलत बुझाइका कारण उपचार ढिला हुने गरेको छ । जसका कारण रोग फैलिन्छ र उपचारको प्रभावकारितामा समेत असर पुग्दछ । त्यसकारण आज हामीले यहाँ क्षयरोग सम्वन्धी सुनिएका केही भ्रम र सत्य कुरालाई यहाँ प्रस्तुत गरेका छौँ ।
१. भ्रम– क्षयरोग वंशानुगत रोग हो
सत्य– क्षयरोग वंशानुगत होइन। यो जीवाणु (ब्याक्टेरिया)बाट सर्ने सङ्क्रामक रोग हो।
२. भ्रम– धूम्रपान गर्ने मानिसलाई मात्र क्षयरोग हुन्छ
सत्य– धूम्रपानले जोखिम बढाउँछ, तर जोसुकैलाई पनि क्षयरोग हुन सक्छ । विशेष गरी कमजोर प्रतिरक्षा भएका व्यक्तिलाई।
३. भ्रम– क्षयरोग केवल गरिब मानिसको रोग हो
सत्य– क्षयरोग जुनसुकै वर्ग, उमेर वा आर्थिक अवस्थाका मानिसलाई हुन सक्छ।
४. भ्रम– क्षयरोग निको हुँदैन
सत्य– क्षयरोग पूर्ण रूपमा निको हुने रोग हो। समयमै परीक्षण र पूरा औषधि सेवन गरेमा निको हुन्छ।
५. भ्रम– क्षयरोग भएका व्यक्तिसँग बस्दा तुरुन्तै सर्छ
सत्य– लामो समयसम्म नजिकको सम्पर्क भएमा मात्र सर्ने सम्भावना बढी हुन्छ। सामान्य सम्पर्कबाट सजिलै सर्दैन।
६. भ्रम– औषधि केही दिन खाएपछि ठीक भएजस्तो लागेपछि बन्द गर्न मिल्छ
सत्य– यस्तो गर्नु अत्यन्त खतरनाक हो। औषधि बीचमै छोड्दा क्षयरोग फेरि बलियो भएर आउन सक्छ (ड्रग–रेजिस्टेन्ट टीबी हुन सक्छ)।
७. भ्रम– क्षयरोग फोक्सोमै मात्र हुन्छ
सत्य– क्षयरोग फोक्सो बाहेक शरीरका अन्य भागहरू (जस्तै हड्डी, मस्तिष्क, ग्रन्थी) मा पनि हुन सक्छ।)
याद गरौँ–
दुई हप्ताभन्दा बढी खोकी लागेमा तुरुन्त जाँच गराउनुहोस् ।
क्षयरोग निःशुल्क जाँच गर्न सकिने उपचार सम्भव भएको रोग हो ।
समयमै उपचार गर्दा पूर्ण निको निको हुन्छ ।
“क्षयरोग लुकाउने होइन, उपचार गर्ने रोग हो”
👉 सचेत बनौं, स्वस्थ रहौं –एजेन्सी
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


