
झापा, २९ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मेचीसहित देशभरका स्वास्थ्य संस्थामा ओपिडी सेवा सुचारु गर्न निर्देशन दिएको छ।
कोरोना महामारीको जोखिम बढेपछि सरकारले देशभरका स्वास्थ्य संस्थामा ओपिडी सेवा बन्द गर्न निर्देशन दिएको थियो। सरकारको निर्देशनपछि सर्वसाधारण अत्यावश्यक स्वास्थ्य सेवाबाट वञ्चित हुनु परेको भन्दै मन्त्रालयले सेवा सुचारु गर्न भनेको छ।
स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रका प्रमुख डा। गुणराज लोहनीले अस्पतालमा ओपिडी सेवा सुचारु गर्दा अस्पतालले कोरोनाको जोखिमलाई ध्यान दिन आग्रह गरेका छन्। डा। लोहनीले सरकारले तोकेको कोरोना संक्रमण रोकथाम र नियन्त्रणका सावधानीको मापदण्डको पालना गर्नु पर्ने पनि बताएका छन्।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


