
एजेन्सी, ३१ बैशाख । यूएईले कोरोना उपचारका लागी प्रयोगमा ल्याएको स्टेम सेल थेरापी विधि सफल भएको दावी गरेको छ । यूएईमा पहिलो कोरोना भाईरस संक्रमण भएका ब्यक्ति स्टेम सेल थेरापी विधिको उपचार पद्धती बाट निको भएर घर फर्केका छन ।
यूएईबाट प्रकाशित हुने द नेशनल अनलाईन पत्रिकाको अनुसार यूएईको राजधानी अबुधाबी स्थित खलिफा मेडिकल सिटी अस्पतालका डाक्टरले ल्याएको स्टेम सेल थेरापी विधिको उपचार पद्धतीबाट उपचार गरिएका सोमालियाका नागरिक अब्दुल्लाही रोधिल निको भएका हुन ।
५० बर्षीय अब्दुल्लाही लाई गत मार्च ३० मा कोरोना पोजेटिभ देखिएको थियो । उनी पहिले देखीनै मुटुका बिरामी भएकाले संक्रमणसंगै उनको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक बन्दै गएको थियो । कोरोना संक्रमणले उनको मुटु र फोक्सोमा आक्रमण गरेपछि करिब २० दिनसम्म उनी कोमामा रहेका थिए । लामो समयको उपचारपछि अब्दुल्लाही कोमाबाट ब्युझिएपछि उनलाई आईसीयुमा राखियो ।

स्टेम सेल थेरापी विधिको उपचार पद्धतीमा बिरामीबाट लिएको स्टेम सेललाई आइसोलेट गरी त्यसलाई सक्रिय बनाएर निबुलाइज्ड गरेर सिधै फोक्सोमा पठाईन्छ । अब्दुल्लाही पश्चात यो विधि करिब ७२ जाना बिरामीलाई प्रयोग गरिएको छ र उनीहरुमा यो पद्धतीले राम्रो काम गरिरहेको समचारमा जनाइएको छ ।
विश्वमा कोरोनाको उपचारको लागी बिभिन्न किसिमका पद्धती तथा औषधीको परीक्षण हुदै आएको अवस्थामा स्टेम सेल थेरापी विधिको उपचार पद्धतीले नया आशा जगाएको छ । एजेन्सी
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


