
झापा, ३ जेठ । विश्वभर महामारीको रुप लिइरहेको कोरोना भाइरस कोभिड-१९ को संक्रमण चिन भन्दा छिमेकी राष्ट्र भारत बढी भएको छ । यो समाचार तयार पार्दा सम्म भारतमा कोरोना भाइरसका संक्रमितको संख्या ८५ हजार ७८४ पुगेको छ । भने चिनमा अहिले सम्मको संक्रमितको संख्या ८२ हजार ९४१ रहेको छ ।
त्यसै गरि कोरोनाका कारण भारतमा हाल सम्म २ हजार ७५३ जनाको ज्यान गइसकेको छ । निको भएर घर फर्किनेको संख्या भने ३० हजार २५८ जना रहेको छ । भारतमा शुक्रबार ३ हजार ७८७ र बिहिबार ३ हजार ९४२ जना नया संक्रमित भेटिएका छन । त्यस्तै बुधबार ३ हजार ७६३ र मंगलबार ३ हजार ५६२४ भेटिएका थिए । त्यसै गरि शुक्रबार १०४, बिहिबार ९८ र बुधबार १३६ जना संक्रमितको मृत्यु भएको थियो ।
अमेरिकामा कोरोना संक्रमितको संख्या र मृतकको संख्या दुवै सबै भन्दा धेरै रहेको छ । जहा यो समाचार तयार पार्दा सम्म ज्यान गुमाउनेको संख्या ८८ हजार ५०७ पुगेको छ । त्यसै गरि संक्रमितको संख्या १४ लाख ८४ हजार २८५ जना पुगेको छ । यस बीच निको भएर घर फर्किनेको संख्या ३ लाख २६ हजार २४२ जना रहेको छ ।
अमेरिकामा यो साता भने मृत्युदर घट्ने क्रममा छ । शुक्रबार १ हजार ५९५ र बिहिबार १ हजार ७१५ जनाको मृत्यु भएको छ । त्यस्तै बुधबार र मंगलबार क्रमश १ हजार ७७२ र १ हजार ६३० जना को ज्यान गएको छ ।
त्यस्तै नया संक्रमितको संख्या पनि अमेरिकामा घट्दो छ । हिजो शुक्रबार २६ हजार ६९२ र बिहिबार २७ हजार २४६ जना नया संक्रमित भेटिएका छन । त्यसै गरि बुधबार २१ हजार ७११ जना नया संक्रमित फेला परेका थिए । अमेरिकाको इपिसेंटर मानिएको न्युयोर्कमा अहिले सम्म सबै भन्दा बढी २७ हजार ५०७ जनाको ज्यान गैसकेको छ । त्यहाँ संक्रमितको संख्या ३ लाख ५६ हजार १६ पुगेको छ ।
त्यसैगरी सबै भन्दा बढी संक्रमित भएको दोश्रो र तेस्रो देशमा स्पेन र रुस रहेका छन । जहा क्रमश २ लाख ७४ हजार ३६७ र २ लाख ६२ हजार ८४३ जनामा संक्रमण देखिएको छ । अमेरिका पछी सबै भन्दा धेरै ज्यान गुमाउने दोस्रो देश भने बेलायत रहेको छ। जहाँ यो समाचार तयार पार्दा सम्म ३३ हजार ९९८ जनाले ज्यान गुमाईसकेका छन् । त्यसै गरि धेरै ज्यान जाने तेश्रो र चौथो देश इटाली र फ्रान्स रहेको छ । जहा यो समाचार तयार पार्दा सम्म क्रमश ३१ हजार ६१० र २७ हजार ५२९ जनाको ज्यान गैसकेको छ ।
नेपालमा पनि हाल सम्म २६७ जनालाई कोभिड(१९ संक्रमणको पुष्टि भइसकेको छ । त्यस मध्ये ३६ जना भने निको भएर घर फर्किएका छन । बाकी २३१ जनाको उपचार भइरहेको छ । यस अघि नै कोरोना माहामारी रोकथामका लागि सरकारले आगामी जेठ ५ गतेसम्म लकडाउन जारी राख्ने निर्णय गरिसकेको छ ।
विश्वभर कोरोना भाइरस कोभिड–१९ बाट अहिले सम्म जम्मा संक्रमितको संख्या ४६ लाख २८ हजार ३५६ पुगेको छ । त्यसै गरि विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख ८ हजार ६४५ पुगेको छ । यस बीच निको भएर घर फर्किएकाहरु भने १७ लाख ५८ हजार ३९ रहेका छन ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


