
झापा, १२ जेठ । कोरोना भाइरस कोभिड–१९ बाट आज एकै पटक थप ७२ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै यसको पुष्टि गरेको हो ।
मन्त्रालयका अनुसार याँ संक्रमितहरु धनुषा, कपिलवस्तु, काठमाडौँ, बारा, रौतहट, सप्तरी, बर्दिया, बाँके र दैलेखका रहेका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परिक्षणमा सबै भन्दा बढी ३७ जना संक्रमित पुष्टि भएका छन ।
यहाँ संक्रमित पुष्टि भएकाहरुमा धनुषा नगराईन नगरपालिका ३ का ३०, ३१ र ४५ वर्षीय पुरुष, कपिलवस्तु शिवराज नगरपालिका ४,५, र ६ का १९,२० र २३ वर्षीय पुरुष, काठमाडौँ टोखा नगरपालिका ३,६ र बुढानिलकण्ठ नगरपालिका ३ का २७, ४१ र ३७ वर्षीय पुरुष, बारा कलैया नगरपालिका कोटवाली १ का २५ र ३२ वर्षीय पुरुष रहेका छन् । त्यस्तै रौतहट राजपुर फरहदवा २, ६, ८ र इश्नाथ २ का १८ ,१९, २२, २७, ३०, ३१, ३३, ३५, ३५, ३५, ३६, ३६, ३६, ३८, ४०, ४०, ४०, ४२, ४३, ४८, ४८, ४८, ४९, ५०, ५१ र ५३ वर्षीय पुरुषहरु रहेका छन ।
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा गरिएको परिक्षणमा सप्तरी डाक्नेस्वरी गाउपालिकाका २२ र ३४ वर्षीय पुरुष संक्रमित भएका छन् । त्यसै गरि राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परिक्षणमा वर्दिया बसगढ़ी ९ का २५ वर्षीय पुरुष, बाँके दुधवा गाउपालिका २ र राप्ति सोनारी गाउपालिका ७ का १६, २३, २३ र २४ का पुरुषहरु रहेका छन ।
योसँगै नेपालमा कोरोना भाइरसका कूल संक्रमितको संख्या ६७५ पुगेको छ । अहिले सम्म १०५ जना निको भएर घर फर्किएका छन् । भने ३ जनाको मृत्यु भएको छ ।

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



