
काठमाडौं, १२ जेठ। कोरोना भाइरस कोभिड(१९ को संक्रमणबाट नेपालमा चौथो व्यक्तिको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले आज बेलुकाको नियमित पत्रकार सम्मेलनमा पुष्टि गरेको छ ।
वीरगञ्जस्थित नेसनल मेडिकल कलेजमा उपचारका क्रममा गत जेठ ४ गते बाराको करैयामाई गाउँपालिका(७ उम्जन निवासी ७० वर्षीय वृद्धको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । सास फेर्न गारो भएर गत जेठ २ गते अस्पताल भर्ना भएका उनको चार गते मृत्यु भएको हो ।
उनको त्यही दिन बारामा लगेर अन्त्येष्टि गरिएको थियो । तर सोमबार विहान उनको कोरोना पोजेटिभ भएको रिपोर्ट आएको छ । यो संगै नेपालमा कोरोनाबाट मृतकको संख्या ४ पुगेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



