
काठमाडौँ, १३ जेठ । नेपालमा कोरोनाभाइरस कोभिड–१९ बाट पछिल्लो समय संक्रमितको संख्या दिन दिनै बढ्दो छ । यसै बीच कोरोनाबाट सङ्क्रमण हुनेहरुको सङ्ख्या पाँच हजारसम्म पुग्ने नयाँ अनुमान गरिएको बिबिसीमा खबर छ ।
संक्रमणको प्रक्षेपण संगै त्यसअनुसार आवश्यक स्वास्थ्य सामग्रीको खरिद प्रक्रिया अगाडि बढाइएको सरकारी अधिकारीहरूले बताएका छन् । सोहि अनुसार कोरोनाभाइरस परीक्षणका लागि अत्यावश्यक सामग्रीको बोलपत्र आह्वान पनि गरिसकिएको बताइएको छ ।
त्यस्तै कोरोनाभाइरस नियन्त्रणका लागि खटिएको जनशक्तिका लागि आवश्यक हुने व्यक्तिगत सुरक्षा सामग्री ९पीपीई०, मास्क, पन्जा जस्ता सामान खरिदका लागि स्वीकृति दिइसकिएको छ।
अहिले सम्म पिसीआर विधिबाट नेपालमा ५१ हजारको परिक्षण गरिएको छ । यस बीच ६८२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । ति मध्ये अधिकांश भारतबाट एक नेपालीहरु रहेका छन । भारतबाट हजारौँको सङ्ख्यामा नेपालीहरू फर्किएका र अझै हजारौँको संख्यामा फर्किने क्रममा रहेका बेला यो प्रक्षेपण गरिएको हो।
सोहि अनुसार परिक्षणका लागि आवश्यक सामग्री खरिद प्रक्रिया अगाडि बढाइएको स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्रराज डोटेलले जानकारी दिएका छन ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



