
काठमाडौँ, १३ । कोरोना भाइरस कोभिड-१९ बाट मंगलबार थप ९९ जना संक्रमित भएका छन् । यो संगै नेपालमा कुल संक्रमितको संख्या ७७२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस सम्मेलनमा विभिन्न प्रयोगशालामा गरिएको परिक्षणको परिणाम सार्बजनिक गरिएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा गरिएको परिक्षणमा ३५ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।
उनीहरु महोत्तरी मनोहरा गाउपालिका १० का ३० र ३५ वर्षीय २ जना पुरुष, जुम्लाका ३५ र ३६ वर्षीय २ जना पुरुष, बारा पचौटा नगरपालिका १ पिपर्पत्ति माबी क्वारेन्टाइनमा रहेका १९,३० र ३५ वर्षीय ३ जना पुरुष, रौतहट गौर नगरपालीकाका ४ देखि ४० वर्षका ८ जना, रौतहट देहावी गुनाही नगरपालिकाका १८ देखि ४१ वर्षका ६ जना, रौतहट करुनिया १ र ४ का २६ देखि ४८ वर्षका २ पुरुष, रौतहट राजदेवीक २२ वर्षीय १ पुरुष, रौतहट गरुडाक २४ वर्षीय १ पुरुष, सिराहा नवराजपुर गाउपालिकाका १८ वर्षीय १ जना पुरुष, सिराहा भगवानपुरा गाउपालिकाका २५ देखि २९ वर्षका ४ जना पुरुष, धनुषा बेलामुखिया गाउपालिकाका २२ वर्षीय १ पुरुष रहेका छन् ।
भेरी अस्पतालमा गरिएको परिक्षणमा एक जना, रुपन्देहीको प्रादेशिक प्रयोगशालामा गरिएको परिक्षणमा ७ जना, पोखरामा दुई जना, सुर्खेत प्रादेशिक अस्पतालमा १२ जना, नेपालगंजमा गरिएको परिक्षणमा ७ जना, दाङ राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा २४ जना गरेर आज एकै दिन ९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



