
झापा, १४ जेठ । कोरोना भाइरस कोभिड–१९ बाट आज एकै दिन ११४ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धरान विपी स्वास्थ्य विज्ञान प्रतिस्ठानमा गरिएको परीक्षणमा ११ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये सप्तरी बोडेबसाइ नगरपालिकाका ८ जना पुरुष र सप्तरी बालनबिहुर गाउपालिकाका दुई जना र सप्तरी सुरुङ्गाका एक जना पुरुष रहेका छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारी अनुसार बुधबार रौतहट, बाग्लुङ, मकवानपुर, झापा, बारा, सप्तरी, दाङ, सुर्खेत, बाँके, सिरहा र रूकुमपूर्वका थप ११४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो।
त्यस्तै संक्रमित मध्य कोशी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा १७ जनाको पोजिटिभ रिपोर्ट आएको छ । उनीहरु झापाका १७ जना पुरुष रहेका छन् । त्यस्तै हेटौडामा गरिएको परिक्षणमा ८ जना पुरुषलाई सक्रमण पुष्टि भएको छ ।
त्यस्तै पोखरामा गरिएको परिक्षणमा ६ जनामा संक्रमण पुष्टि भएको छ । दाङमा गरिएको परिक्षणमा १८ जनालाई संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा गरिएको परिक्षणमा १६ जनालाई संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा ३८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
यो संगै नेपालमा कुल संक्रमितको सख्या ८८६ जना पुगेको छ । हाल सम्म ४ जनाको मृत्यु भएको छ । अहिले सम्म १८३ जना निको भएर घर फर्किएका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



