
झापा, २४ जेठ । झापामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै यहाँ संक्रमितको संख्या ११३ पुगेको छ । शुक्रबार गौरादह, गौरीगञ्ज र कचनकवलमा १२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ ।
धरान र विराटनगरमा गरिएको प्रयोगशाला परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । गौरादह र गौरीगञ्जमा दुई जना र कचनकवल गाउँपालिकामा १० जना संक्रमित फेला परेका हुन् ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा गौरादहका २० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । त्यसैगरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा गौरीगञ्जका ३५ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको हो ।
कोसी अस्पतालमा गरिएको परीक्षणमा कचनकवलका १० जनामा कोरोना संक्रमण भेटिएको हो । उनीहरु १० देखि २८ वर्ष उमेर समूहका पुरुष हुन् । प्रदेश १ मा कचनकवल गाउँपालिकामा संक्रमित धेरै छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



