
झापा, २५ जेठ । कोरोना भाइरस कोभिड(१९ बाट आज शनिबार थप २२३ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब नेपालमा कुल संक्रमितको संख्या ३ हजार ४४८ पुगेको छ ।
संक्रमित हुनेमा झापाका २ जना, सुनसरीका २ जना, मोरङका ३ जना, धादिङका १ जना, रौटहटका १ जना, धनुषाका १ जना, सिरहाका २ जना, कालिकोटका ३ जना, दाङका २ जना, प्युठानका १ जना, रोल्पाका १ जना, कपिलवस्तुका १ जना, दैलेखका ३ जना, सल्यानका २८ जना, सुर्खेतका २० जना, सर्लाहीका ५७ जना, कपिलवस्तुका ९ जना, महोत्तरीका ५ जना, सर्लाहीका १८ जना, सिन्धुपाल्चोकका १ जना र उदयपुरका ३ जना रहेका छन् ।
त्यसैगरी कोरोनालाई जितेर निको भइ घर फर्किनेहरुको संख्या ४६७ पुगेको छ । हालसम्म देशभरका ७१ जिल्लामा कोरोना फैलिएको छ। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या पनि तेह्र पुगिसकेको छ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



