
झापा, ३२ जेठ । कोरोना भाइरस कोभिड–१९ बाट आज एकै दिन थप ४२५ जनामा संक्रमण पुष्टि बहेको छ । नयाँ सक्रमितहरुमा पुरुष ३७५ जना र ५० जना महिला रहेका छन । जसमध्ये ३७ जना प्रदेश १ का रहेका छन् ।
प्रदेश १ को विराटनगरमा गरिएको परिक्षणमा २७ जना, कोशी अस्पतालमा गरिएको परिक्षणमा १० जनामा कोरोना पुष्टि भएको हो । त्यस्तै, नारायानित अस्पताल बिरगंजमा गरिएको परिक्षणमा ३४ जना, पोखरामा गरिएको परिक्षणमा २ जना, सेती अस्पतालमा गरिएको परिक्षणमा ६४ जना, भेरी अस्पतालमा गरिएको परिक्षणमा ७ जना, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा ५६ जना, जनकपुरमा गरिएको परिक्षणमा १८ जना, धुलिखेल अस्पतालमा गरिएको परिक्षणमा २ जना, रुपन्देहीमा गरिएको परिक्षणमा ४७ जना, प्रादेशीक अस्पताल सुर्खेतमा गरिएको परिक्षणमा ६९ जना, हेटौडामा गरिएको परिक्षणमा २ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परिक्षणमा २५ जना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा ६२ जना रहेका छन ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ५,७६० पुगेको छ । त्यसै गरि १९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । ९७४ जना निको भएर घर फर्किएका छन ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



