
झापा, १ असार । कोरोना भाइरस कोभिड–१९ बाट आज थप ४५१ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ३५ जना महिला र ४१६ जना पुरुषहरु रहेका छन । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार २११ पुगेको छ ।
संक्रमितहरुमा बिराटनगरमा गरिएको परिक्षणमा ११ जना, पोखरामा गरिएको परिक्षणमा ५ जना, सेती अस्पतालमा गरिएको परिक्षणमा ९ जना, भेरी अस्पतालमा गरिएको परिक्षणमा २४ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा ५ जना, जनकपुरमा गरिएको परिक्षणमा २४ जना, भरतपुर अस्पतालमा गरिएको परिक्षणमा ७ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा ७ जना, कोशी अस्पतालमा गरिएको परिक्षणमा २५ जना, प्रादेशिक अस्पताल सुर्खेतमा गरिएको परिक्षणमा १०७ जना, धुलिखेलमा गरिएको परिक्षणमा ५ जना, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परिक्षणमा ४३ जना, शिक्षण अस्पताल महाराजगंजमा गरिएको परिक्षणमा २५ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको प्रयोगशालामा गरिएको परिक्षणमा १० जना, पाठन अस्पतालमा गरिएको परिक्षणमा ३ जना, राष्ट्रिय प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा १३९जना रहेका छन ।
हालसम्म कोरोनालाई जितेर घर फर्किनेहरुको संख्या १ हजार ४१ जना पुगेको छ । मृतकको संख्या १९ जना रहेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



