
काठमाडौँ, ४ असार । कोरोना भाइरस कोभिड–१९ बाट आज थप ६७१ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा यसको पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ६ सय ७१ संक्रमित थपिएको जानकारी दिए। पछिल्लो २४ घण्टामा १९ जना पुरुष कोरोनामुक्त भएका छन्। उनका अनुसार हालसम्म १ हजार १ सय ८६ जना कोरोनामुक्त भई विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्।
त्यस्तै हालसम्म २० जना मृतकमा कोरोना संक्रमण पुष्टि भएको छ। यो संगै कुल संक्रमित ७ हजार ८४८ पुगेका छन्।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



