
झापा, १५ असार । कोरोनाभाइरस कोभिड–१९ बाट आज थप ४७६ जनामा संक्रमण पुष्टि भएको छ।
विगत २४ घण्टामा देशका २२ वटा प्रयोगशालामा सात हजार सात सय ९१ को पिसिआर विधिबाट गरिएको परीक्षणबाट चार सय ७६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।
३६४ पुरूष र एक सय १२ जना महिला गरी चार सय ७६ जनामा कोरोना देखिएको छ,’ उनले भने। आइतबार कोरोना संक्रमित १२ हजार सात सय ७२ जनामा कोरोना देखिएको थियो। यो संख्या बढेर सोमबार १३ हजार दुई सय ४८ पुगेको हो। त्यसैगरी आज एक सय २१ जना कोरोना निको भएर घर घर्किएका छन्।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



