
झापा, २० असार । कोरोना भाइरस कोभिड–१९ बाट आज शनिबार थप २३२ जनामा संक्रमण पुष्टि भएको छ । स्वासथ्य मन्त्रालयको आजको नियमित प्रेस ब्रिफमा यसको पुष्टि गरेको हो ।
आज पुष्टि भएका संक्रमितहरुमा राष्ट्रिय प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा ११४ जना, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परिक्षणमा ७ जना, कोशी अस्पतालमा गरिएको परिक्षणमा ७ जना, बिराटनगरमा गरिएको परिक्षणमा ४ जना, राजविराजमा गरिएको परिक्षणमा ५१ जना, जनकपुरमा गरिएको परिक्षणमा १५ जना, भरतपुर अस्पतालमा गरिएको परिक्षणमा १३ जना, पोखरामा गरिएको परिक्षणमा ८ जना, रुपन्देहीमा गरिएको परिक्षणमा ५ जना, भेरी अस्पताल नेपालगनज गरिएको परिक्षणमा ७ जना, दैलेखमा गरिएको परिक्षणमा १ जना रहेका छन ।
यस्तै कोरोना भाइरस संक्रमणबाट थप दुईको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ । मृत्यु हुनेमा गोरखा पालुङटार नगरपालिका–७ का ४४ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा असार २० गते शनिबार बिहान ५ बजे मृत्यु भएको बताए । उनी मधुमेहका बिरामी थिए । उनको असार १९ गते कोरोना पोजिटिभ पुष्टि भएको थियो । उनी १७ गते कतारबाट नेपाल फर्किएका थिए ।
त्यसैगरी अर्का रुपन्देही देवदह नगरपालिकाका ७५ वर्षीय वृद्ध रहेका छन् । उनी क्षयरोगको उपचार गराइरहेका थिए । उनको असार १७ गते मृत्यु भएको र कोरोना रिपोर्ट पोजिटिभ भने असार १८ गते आएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ । हालसम्म नेपालमा १५,४९१ जनामा सक्रमण पुष्टि भएको छ । ६, ४१५ जनाले भने कोरोना जितेर घर फर्की सकेका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



