
अर्जुनधारा, २६ असार । प्रतिनिधि सभा सदस्य तथा अन्तराष्ट्रिय सम्बन्ध समितिकी सभापति पवित्रा निरौलाले अर्जुनधारा नगरपालिकालाई स्वास्थ्य सामग्री प्रदान गरेकी छिन् ।
विश्व महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस न्यनिकरण गर्ने उदेश्यले नगरलाई सेनिटाइजर, मास्क, ग्राउड, सर्जिकल क्याप, चश्मा, पञ्जालगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकी हुन् । उनले सेनिटाइजर ५० बोतल, सर्जिकल मास्क एकहजार ५ सय थान, एन ९५ मास्क १५ थान, चश्मा ५ थान, पञ्जा १ सय ५० थान, ग्राउन १० थान, क्याप १० थान नगर प्रमुख हरिकुमार रानालाई प्रदान गरेकी छन् ।
कोरोना भाइरससँग नगर जुभिरहेको बेला स्वास्थ्य सामाग्री उपलब्ध गराएर हौसला प्रदान गरेकोमा निरौलासहित सम्पूृर्णमा टिमलाई नगरको तर्फबाट नगरप्रमुख हरिकुमार रानाले धन्यवाद दिएका थिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



