
काठमाडौं, ३१ असार । कोरोनाबाट पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्यु भएको छ। रौतहट जिल्ला परवा नगरपालिका वडा–७ का ३६ वर्षीय पुरुषको मृत्यु भएको हो।
निधन भएका व्यक्ति भारतबाट फर्किएका थिए। स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार उनी दाजुको अन्तिम संस्कारका लागि भारत पुगेका थिए।
नेपाल फर्किएसँगै स्थानीय सरकारले बनाएको क्वारेन्टाइनमा असार २४ गते बसेका थिए। २९ गते रुघाखोकी र स्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए। उनलाई आजै हेटौँडाको किटजन्य अनुसन्धान प्रयोगशालामा कोरोना देखिएको थियो।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



