
झापा, ५ साउन । झापामा तीन जनासहित कोरोना भाइरस कोभिड–१९ बाट आज थप १८६ जनामा संक्रमण पुष्टि भएको छ । यसको पुष्टि जनसंख्या तथा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा गरेका हुन् ।
देशभरका २७ वटा प्रयोगशालामा गरिएको ४ हजार २१६ पीसीआर परीक्षणमा थप १८६ जनामा कोरोना भाइरस देखिएको हो । जिल्लागत तथ्यांक अनुसार संक्रमित हुनेमा झापामा, ३, सुनसरीका ६, इलामका १, मोरङका १, सिरहाका १, सप्तरीका ९, धुनषाका २, पर्साका ४, बाराका ४६, काठमाडौँका २, सर्लाहीका २३, सोलुखुम्बुका ४, ललितपुरका १, कास्कीका ८, लमजुङका १ , तनहुँका २, स्याङ्जाका १, बाँकेका २, रोल्पाका ४, सल्यानका ३, रुकुम पूर्वका ७, दाङका ६, दैलेखका २, सुर्खेतका ४, हुम्लाका १, कालिकोटका १, डोटीका ४० , कैलालीका १ जना रहेका छन् ।
मन्त्रालयका अनुुसार सोमबारसम्म पीसीआर विधिबाट हालसम्म ३ लाख १९ हजार ८७२ परीक्षणहरु गरिएका छन् भने २४ घन्टामा ४ हजार २१६ परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २२ हजार २२८ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ५ हजार ९३६ जना रहेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



