
बिर्तामोड, ३० साउन । झापाको बुद्धशान्ति गाउँपालिका–१ स्थित त्रिभुवन माध्यमिक विद्यालयले कक्षा ११ को सञ्चालन अनुमति पाएको छ ।
बुद्धशान्ति गाउँपालिकाको साउन २७ गतेको निर्णयसँगै त्रिभुवन माविले शैक्षिक सत्र २०७५ देखि कक्षा ११ सञ्चालनको अनुमति पाएको विद्यालयका प्रधानाध्यापक कुमार आचार्यले जानकारी दिए ।

गाउँपालिकाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को ११ (२) को (ज) अनुसार विद्यालयमा कक्षा सञ्चालनको अनुमति प्रदान गरेको गाउँपालिकाका शिक्षा शाखा अधिकृत कमलप्रसाद निरौलाले जानकारी दिए ।
त्रिभुवनमा यसै शैक्षिक सत्रदेखि कक्षा ११ मा ऐच्छिक नेपाली, ऐच्छिक अंग्रेजी, ग्रामीण विकास, लेखा, समाजशास्त्र, अर्थशास्त्र, व्यावसायिक अध्ययन, संस्कृत, जनसंख्या, शिक्षा र शैक्षणिक विधिको विषयमा अध्यापन हुनेछ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
