
झापा, ३० साउन । ७२ औँ स्वतन्त्रता दिवसको अवसरमा भारतीय दुतावासले रेडक्रस सोसाइटी झापा र एक विद्यालयलाई सवारीसाधन प्रदान गरेको छ ।
रेडक्रस झापालाई दुई वटा एम्बुलेन्स र भद्रपुर नगरपालिकास्थित हिमाली उच्च मावि पृथ्वीनगरलाई एउटा स्कूल बस प्रदान गरेको जिल्ला रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिनुभयो ।

‘एउटा झापा शाखा र एउटा गौरादह उपशाखालाई प्राप्त भएको छ’, उहाँले भन्नुभयो, ‘यसले विपद् व्यवस्थापनमा सहयोग मिल्नेछ ।’
उहाँका अनुसार भारत सरकारले नेपालभर ३० वटा एम्बुलेन्स प्रदान गरेको छ । जसमा तीन जिल्लाका रेडक्रस परेका छन् । झापा रेडक्रसलाई दुई थान, चितनव र धनुषा रेडक्रसलाई एक/एक थान एम्बुलेन्स प्रदान गरिएको सभापति ढकालले जानकारी दिनुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

