
धरान, २९ साउन । धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक सय बेडको लेभल थ्री कोभिड १९ अस्पताल सञ्चालनमा ल्याइएको छ ।
आजदेखि सञ्चालनमा आएको सय बेडको क्षमताको लेभल ३ अस्पतालमा गम्भीर प्रकृतिका कोरोना विरामीलाई उपचार गरिने भएको छ । प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाले विज्ञप्ति मार्फत उक्त जानकारी दिएका हुन् ।
विस्तार गरिएको लेभल ३ अस्पतालमा डाइलाइसिस चाहिने संक्रमित, भेन्टिलेटर सहित आइसियु चाहिने संक्रमित, प्रसुती सेवा चाहिने संक्रमित, अप्रेशन गर्नुपर्ने संक्रमित लगायत गम्भीर प्रकृतिका लक्षणयुक्त विरामीहरुलाई उपचार सेवा प्रदान गरिने उनले बताए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



