
कनकाई, २५ भदौ । झापाको कनकाई नगरपालिका–४ मा रहेको कोटीहोममा स्थापना गरिएको पिसिआर ल्याव सञ्चालनमा आएको छ ।
सहारा नेपाल लगायातका यहाँका संघ–संस्थाले चन्दा सहयोग उठाएर सञ्चालनको तयारी गरिसक्दा पनि अन्तिममा सरकारी मान्यता नपाउँदा ल्याव सुरु हुन पाएको थिएन । हाल कनकाई नगरपालिकाले कर्मचारी खर्च व्यहोर्ने गरी प्रादेशिक अस्पताल भद्रपुरको मातहतमा रहने गरी ल्याब सञ्चालनमा आएको हो ।
हालसम्म २ सय जनाको स्वांव संकलन गरी चेक गरिएको ल्याव संचालन समितिले जनाएको छ । ती सबै स्वाब कनकाई नगरपालिकाको हो । तर, पोजेटिभ केश आएको खण्डमा त्यसलाई क्रस चेक गर्न पुनः प्रदेश ल्याब विराटनगरमा लैजानुपर्ने हुन्छ । त्यसकारण सो ल्याबको नतिजा राष्ट्रिय गणनामा आउन अझै केही समय कुर्नु पर्नेछ ।
हाल झापामा सञ्चालनमा आइरहेको मेची प्रादेशिक अस्पतालको पिसिआर ल्याब भने आवश्यक स्रोत साधनको अभावमा केही दिन सञ्चालनमा आएर बन्द अवस्थामा छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



