
झापा, २६ भदौ । आज देशभर हालसम्मकै धेरै १४५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।
शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । हालसम्म संक्रमितको कुल संख्या ५१ हजार ९१९ पुगेको पनि गौतमले बताए ।
उनका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ९२५ रहेको छ। बितेको २४ घण्टामा ९७२ जना निको भएका छन् भने योसँगै कुल निको हुनेको संख्या ३६ हजार ६७२ पुगेको छ । यस्तै हालसम्म मृत्यु हुनेको संख्या ३२२ पुगेको छ। बितेको २४ घण्टामा थप ५ को मृत्यु भएको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



