
उर्लाबारी, ३ भदौ । मोरङ विराटनगर–२ धरानरोड विक्की हार्डवेयरमा कार्यरत सुरक्षागार्ड विराटनगर पिपलचोकका ५० वर्षीय टङ्क भट्टराई मृत फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक निशान थापाका अनुसार आज बिहान ९.४५बजे हार्डवेयरका कामदारले पसल खोल्ने क्रममा सुरक्षागार्ड भट्टराईको शव फेला पारेका हुन् । मृतक भट्टराईको शरीरमा रड, तथा भाला जस्तो हतियार प्रहार भएको देखिएको थापाले जानकारी दिनुभयो । घटनाको प्रहरीले अनुसन्धान शुरु गरेको भए पनि सो घट्नामा संलग्नको पहिचान गर्न सकेको छैन ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

