
काठमाडौं, ३ भदौ । सरकारले म्यानपावरलाई जिल्लास्तरमै शाखा विस्तार गर्न दिने तयारी थालेको छ । म्यानपावरका देशैभरी रहेका दलाल अर्थात एजेन्टलाई खारेज गर्दै शाखा विस्तार गर्न दिने गरी तयारी भैरहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
नेपाल ऐन संशोधन गर्न बनेको विधेयकमा वैदेशिक रोजगार ऐनअन्तर्गत दलाल राख्न पाउने कानुनी प्रावधान नै हटाउने प्रस्ताव गरिएको छ । वैदेशिक रोजगारीमा ठगी बढ्नुको प्रमुख कारणमध्ये दलाल पनि एक भएको ठहर गर्दै सरकारले वैदेशिक रोजगार ऐन संशोधन गर्न लागेको हो ।
मन्त्रिपरिषदमा विचाराधीन यो ऐन संसदबाट पारित भयो भने देशभर रहेका म्यानपावरका दलालहरु खारेज हुनेछन् । वैदेशिक रोजगार विभागबाट अनुमति लिएरै अहिले दशैभरी १६२ जना दलालहरु छन् भने काठमाडौं बाहिर विभिन्न ठाउँमा दलालले ३५ वटा म्यानपावर शाख सञ्चालन गरेका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

