
बिर्तामोड, १० असोज । झापामा आज सात जना स्थानीयबासीमा कोरोना भाइरस पुष्टि भएको छ ।
कचनकवल, भद्रपुर, बिर्तामोड र कनकाईका छ पुरुष र एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । बिर्तामोड–१, ५ र ९ नम्बर वडाका तीन पुरुष, भद्रपुर–१० मा १ महिला र १ पुरुष, कचनकवल–५ मा र कनकाईमा १–१ पुरुष संक्रमण देखिएको हो । उनीहरु सबै स्थानीयबासी हुन् ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



