
काठमाडौँ, ३ भदौ । वैदेशिक रोजगार विभागले पूर्वस्वीकृति नलिई नेपाली कामदारलाई वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गर्ने सामाखुशीस्थित कान्तिपुर ओभरसिज सर्भिस प्रालिमा आज छापा मारेको छ ।
उक्त मेनपावरले पूर्वस्वीकृति नलिई कतार पठाइदिने भन्दै प्रतिव्यक्ति एक लाखसम्म असुल गरी अन्तरर्वार्ता लिइरहेको भन्ने सूचनाका आधारमा छापा मारेको विभागका निर्देशक उद्धवबहादुर रिजालले जानकारी दिनुभयो ।
विभागले उक्त मेनपावरको गतिविधि शङ्कास्पद देखिएको भन्दै सम्पूर्ण कागजात नियन्त्रण लिई कामकारवाहीमा रोक लगाएको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

