
बिर्तामोड, ११ असोज । झापामा आज तीन जनामा कारोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बिर्तामोड–१ की एक जना ९० वर्षीय बृद्धा, अर्जुनधारा–३ का एक ५१ वर्षीय पुरुष र दमक–५ का ४२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । उनीहरु सबै स्थानीय हुन् । दमक र अर्जुनधारामा भेटिएका कोरोना संक्रमितको स्वाब धरानमा संकलन गरिएको थियो ।
झापामा योसँगै कोरोना संक्रमितको संख्या ८४७ पुगेको छ । आजसम्मा ७७४ जना उपचार पछि डिस्चार्ज भएका छन् । २५ हजार ५१४ जनाको स्वाब संकलन गरिएको छ । ६६ जना आइसोलेसनमा उपचाररत छन् भने ७ जनाको मृत्यु भइसकेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



