
धरान, १३ असोज । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
मोरङको सुनबर्षी–७ का ६८ वर्षीय पुरुषको मंगलबार बिहान ३ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिनुभयो । नोबेल मेडिकल कलेज विराटनगरबाट रिफर भएका ती पुरुषमा ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या रहेको प्रतिष्ठानले जनाएको छ । कोरोना संक्रमणको शंका लागेर परीक्षण गर्दा असोज ५ गते उनको रिपोर्ट पोजेटिभ आएको थियो ।
स्वास्थ्य जटिल बन्दै गएपछि आईसीयू र भेन्टिलेटरमा राखिएका उनको उपचारको क्रममा मृत्यु भएको हो । उनी प्रतिष्ठानमा असोज १० गते बिहान भर्ना भएका थिए । ती पुरुषमा पहिलेदेखि उच्च रक्तचाप, मधुमेह, मिर्गौलाको समस्या रहेकोले डायलायसिससमेत गराउँदै आएका थिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



