
राजबाबुु शंकर
नेपालमा ३ दशकभन्दा बढी यताको प्रजातन्त्रोत्तर अवधि बित्थामा बितेको आम प्रतीति छ । कृष्णप्रसाद भट्टराई र मनमोहन अधिकारीे कार्यकारी सरकार–प्रमुख भएबाहेकको अवधि न कांग्रेस, न कम्युनिष्ट; कसैले देश र जनताका हकमा असल काम नगरेरै समयको अपव्यय भएको छ । गिरिजाप्रसाद कोइरालाकै पालादेखि कांग्रेसले आफ्नो इतिहास र वर्तमान ध्वंश गदैर् आएकै पथलाई नेपालका कम्युनिष्टहरूले पनि अनुशरण गदैर् राजनीतिको विरासतलाई लिलामीमा चढाए झैं गरिरहेका छन् । राष्ट्रियता र जनजीविकाको सवालमा यी सबै दल लगातार चुक्दै नै आएबाट आज देश तथा यस देशबासीको अधोगति त कायम छँदैछ, भविष्य पनि तिरोहित बन्दो छ ।
नेपालका बहुसंख्यक जनता राजनीतिक दलहरूकै मति सुध्रियोस् भन्ने पक्षमै पाइन्छन् । तर, अफशोच… उनीहरू जोकोही ‘कुकुरको पुच्छर’ आहानमाफिक देश र जनताप्रति पटक–पटक गद्दार, बेइमान र धोकेबाज भइआएका छन् । विश्वमा कम्युनिष्ट आन्दोलन पराजय र रक्षात्मक अवस्थाबाट गुज्रिरहेको परिदृश्यका बाबजुद नेपालमा जनताले उनीहरूलाई विश्वास नगरेका होइनन् । संसदीय प्रणालीमा पनि झण्डै दुई तिहाई मत दिएर तिनलाई सत्तारुढ गराउन पुगेका नेपाली जनता आखिर तिनै पार्टीको गद्दारीका अघि नाजवाफ झैं हुन पुगेको आजको अवस्था सामान्य छैन । जसको दुष्परिणाम आज सिंगो मुलुकले व्यहोर्नु परिरहेको छ । कम्युनिष्ट पार्टीहरू बीचकै विरुप दृश्यले तिनप्रति आशा र भरोसा राख्ने जोकोही यतिबेला स्वाभाविक रुपमा निराश र आक्रोशित बनेको अवस्था विद्यमान छ ।
बहुदलीय प्रजातन्त्रोत्तरकालको पहिलो चरणमा जीपी कोइरालाको दुई तिहाई दम्भले शुरु भएको कांग्रेसको अधोगतिको विरासत गणतन्त्रोत्तरकालमा आइपुग्दा अकोर् दुई तिहाईले जनपुरस्कृत प्रचण्डलाई पाच्य भएन भने फेरि अकोर् पटक पनि पाएको दुई तिहाईले केपी ओली भूइँनभाँडामा हुन पुग्नुको सन्देश अन्ततः नेपालको राजनीतिमा दलले पाउने बहुमत ‘भिरको चिण्डो’ सरह हुन पुगेको सिद्ध हुन्छ । र, अहिले आएर उदेकैलाग्दो त के देख्नु प¥यो भने, त्यही दुई तिहाईवाला दलका मान्छेहरू नै लागिपरेर सत्तालालचीको पहिचान बनाएको कांग्रेसको धोको पूरा गरिरहेछन् । जबकि कांग्रेसको नेतृत्व पनि भरोसालायक छँदै थिएन भने अब कसरी होस् ! राजनीतिको योभन्दा चुत्थो उदाहरण के हुन सक्छ ?
कम्युनिष्टको खोल ओढेकाहरूको महाभारत राजनीतिक र वैचारिक संस्कारविहीनताको परिणाम हुन् । यी आम साक्षात् परिदृश्यले कम्युनिष्टको पहिचान र शाखलाई धुलधुसरित तुल्याएको त छँदैछ, प्रकारान्तरले विरोधीहरूलाई मनग्गे हौसाएको पनि छ । यद्यपि तुलनात्मक रूपमा त्यो हौसाइ अन्यथा र बेमुनासिव पनि छैन भन्ने सन्देश समेत दिएको छ । र, समयले दिएको सो सन्देश सानो, चानचुने र भ्रम होइन भनी बुझ्न आवश्यक छ । बरू दलहरूका आ–आफ्ना मतिभ्रम र गतिछाडापनले सिर्जित परिणाम हो भन्ने चेत राख्न जरुरी छ ।
नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा निहित भए तापनि केही वर्ष बन्दी जीवन बिताएको आफ्नो इतिहासलाई नै सर्वाधिक योग्यता ठान्ने सत्ताका मठाधीशहरूले नै गणतन्त्रसम्म आइपुग्दा समेत आजपर्यन्त नेपाली जनताको हैसियत रैतीभन्दा माथि उठ्न दिएका छैनन् । नेपाली जनता यिनै करीब आधा दर्जन सत्ताका परमलालची मठाधीशहरूबाट अधम शैलीमा घुमिफिरी शासित हुँदै आएका छन् । तिनैको यस्तो निकृष्ट धृष्टताका कारण इमान, जमान, सत्य र निष्ठाको राजनीति तिरोहित भइरहेको हो ।
सत्ताका मठाधीशहरू अधिनायकवादी मुलुकका तानाशाह सरह भए पनि चुनावी रक्षाकवचको आडमा आफूलाई कट्टर प्रजातन्त्रवादी÷लोकतन्त्रवादी भएको भ्रम छर्न भने चुक्दैनन् । जबकि तिनका पार्टीमै ती अप्रिय र अलोकतान्त्रिक रहँदै आएका छन् । आम जनताको पक्षपातरहित अभिभावक बन्नुपनेर् सरकारबाट दुःखका बेला जनताले न साथ पाएका छन्, न राहत । कोरोनाको कहर कहालिलाग्दो रफ्तारमा छ । अस्पतालहरू अभावमा छन्, स्वास्थ्यकर्मीहरू अभूतपूर्व चापमा छन् । सिकिस्त बिरामीलाई चाहिंदो अक्सिजन पनि छैन, आधारभूत स्वास्थ्य सेवा पनि आम जनमा अपुग छ । सत्ताका मठाधीशहरूको अकर्मण्यता र अराजकताको मोल पनि देश र जनताले नै चुकाउनु परिरहेको छ !
यी सब बेथितिका कारणले मुलुकमा अब गणतान्त्रिक व्यवस्था असफल भएको आम–प्रतीति घनीभूत हुँदो छ । त्यसो त प्रायशः राजनीतिक व्यवस्था वा पद्धति आफैं खराब हुँदैनन् । निर्विकल्प पञ्चायतदेखि लिएर सुधारिएको पञ्चायत हुँदै बहुदलीय प्रजातन्त्र र त्यसपछि हालसम्मै लोकतान्त्रिक गणतन्त्रसम्मकै संविधानमध्ये ती कुनै खराब थिएनन्, केवल ती मातहतका व्यवस्था वा भनौं शासन पद्धतिमा आबद्ध पात्रहरू खराब थिए र छन् । जब शासन सञ्चालकहरू नै नितान्त स्वार्थी र देश एवम् जनताप्रति गद्दार हुन पुग्छन्, तब कुनै पनि नामचीन शासन व्यवस्थाको जलपले मात्र क्वै हुनेवाला छैन भन्ने तथ्य प्रजातन्त्रोत्तर समयावधिले प्रमाणित गरिदिइसकेकै छ । त्यसो हुँदा अब भने विकल्पको खोजी गरी मुलुकलाई निकास दिन अत्यावश्यक भएको आमजनले अपेक्षा गरेको मानिंदैछ ।
अक्षम नेताहरूकै कारण मुलुकमा संसदीय व्यवस्था विफल भएको मानिन्छ । मुलुकमा पटक–पटक अकारण गरिएको संसद् विघटनले नेताहरूको अक्षमता सिद्ध गरिसकेकै छ । तर, उनीहरू आफ्नो असक्षमता ढाकछोप गर्न शासन व्यवस्थालाई फत्तुर लगाउने दुष्प्रयास गनेर् गर्छन् ! सुशासन बहालीको आफ्नो चिर अपेक्षालाई सम्बोधन गर्लान् भन्ठानी जनताले बारम्बार विभिन्न टाउके दलका नेताहरूलाई शासन गर्न प्राधिकार दिएकै हुन् । तर, जहिल्यै ती नेतागणले देश र जनतालाई घात गरिरहे, गरिहेकै छन् ! नेतागणको निरन्तरको यस्तो विश्वासघातकै कारण आजित जनता अब फेरि राजा, सेना र न्यायमूर्तिहरूसम्म गुहार लगाउन थालिरहेका एकपछि अकोर्गरी विभिन्न माध्यममा आएका टिप्पणीहरूले के सन्देश प्रवाह भइरहेको छ– नेता हूँ भनाउँदाहरूले गमेका छन् ? प्रजातन्त्रोत्तर आजसम्मन् शासन हाँकेका पात्रहरूप्रति दुत्कारजन्य यसप्रकारको घोर वितृष्णाले गरेको संकेतलाई किन गम्भीर मानिरहेका छैनन्– यी नेताहरू ?
खासगरी, २०४७ सालयता सन्त नेता कृष्णप्रसाद भट्टराई र सादगीपूर्ण नेता मनमोहन अधिकारी नेतृत्वको सरकारलाई छाडेर हेनेर् हो भने कांग्रेस, एमाले, माओवादी पार्टी लगायतका नेताहरू जनमैत्री हुन नसकेकै हुन् । २०६२÷’६३ सालको जनआन्दोलनपछि राजा ज्ञानेन्द्र शाहलाई राजगद्दीबाट विस्थापन गनेर् यी नेताहरूले वास्तवमा राजाको शासनलाई आक्षेप मढ्नुको अन्तर्य आफूहरूले सत्तामा ढलिमली गर्न नपाउनुकै प्रतिशोध मात्रै रहेछ भन्ने यथार्थ आज आएर छलंंग हुन पुगेको छ । नेपाल–निर्माता पृथ्वीनारायण शाहदेखि लिएर वीरेन्द्र शाहसम्मलाई सामन्ती देख्ने चश्माधारक यिनीहरू नै आखिर यिनको शासनकालमा चरम सामन्ती भएका छन् !
समयक्रमले पुष्टि गरेको छ– राजतन्त्रप्रतिको डाह शमन गर्न मात्रै उनीहरू विरोधमा अनापसनाप कथेर जनतालाई भड्काउन उद्यत भएका रहेछन् । तर, देशको विकास र जनताको कल्याण गनेर् आफूहरूसित ‘जादूको छडी’ नै भएजस्तोगरी तिनले जुन तमाशा देखाएका थिए, त्यो केवल भ्रम रहेछ । आजपर्यन्त मुलुकलाई निकास दिन नसक्नु वा नचाहनुबाट तिनै नेताहरूको कामगराइले सिद्ध गरिदिएको छ कि, । उदेकलाग्दो त के छ भने, सत्तालिप्साको भोगी र राज्यकोष दोहन गर्न मात्र लागिपरेका नेताहरूले हालसम्म अनौठा भ्रमहरू मात्रै सिर्जना गरेर जनतालाई भ्रममा पारिरहने दुष्कर्म अद्यापि चालू नै राखेका छन् !
समय–समयमा राजा महेन्द्र र वीरेन्द्रबाट प्रजातन्त्रको मामिलामा छुट दिने पनि काम नभएको होइन । बरू नेताहरूले चाहिं प्रजातन्त्रको सदुपयोग गर्न नसकेका हुन् । विगतको घटनाक्रमले के दर्शाउँछ भने हालको वर्तमान परिस्थिति मात्र होइन, विगतमा पनि नेताहरूले मुलुकलाई सही निकास दिन बारम्बार असफल भएका हुन्; त्यो सिलसिला आजसम्मै जारी नै पनि छँदैछ । यसकारण अब यो देशमा जनकल्याणका खातिर पुनः राजा सहित सेना र शीर्ष न्यायमूर्तिहरूप्रति जनाशा थुरिएको अवस्थालाई ‘प्रतिगमन’को आरोप लगाएर मात्रै उम्किने सुविधा छैन । त्यसो हुँदा वर्तमानले रंग–रंगका नेताहरूको अचाक्ली मनपरी सहने सीमा जनतामा पार भइसकेको अर्थ दिइरहेको बुझेर मुलुकलाई तत्काल निकास दिन अत्यावश्यक भइसकेको आगत प्रतीक्षारत छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



